बेपत्ता भएकको १२ दिनपछि मृत फेला

0
544

असोज १९, २०७७ पाल्पा : जिल्लाको रम्भा गाउँपालिका २ फोक्सीङकोटस्थित गाबुडाँडाका ५० वर्षीय नारायण बहादुर जर्घा मृत फेला परेका छन्।

घरबाट निस्किएका उनी १२ दिनपछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिएका छन्‌।​

जर्घा असोज १२ गते दिउँसो करिब एक बजे घरबाट आफूखुशी निस्किएका थिए। राती अबेरसम्म घरमा नआएपछि उनको खोजी गरिएको थियो। खोजी गर्ने क्रममा सोमबार विहान करिब ११ बजे उनी मृत भेटिएका हुन्

SHARE