तानसेनका ९ सहित पाल्पामा थप १२ जनामा कोरोना पुष्टि

0
327

असोज १९,२०७७ गुल्मी : पाल्पामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो समय कोरोना पुष्टि हुनेमा तानसेन नगरपालिका भित्रका ९ जना, रामपुरका १ जना, रिब्दिकोटका १ जना र अस्पताल तथा अन्य जिल्लाका १ जना रहेका छन् ।
तानसेनका नौँ जना संक्रमित सबै वडा नं। १४ अर्गलीका रहेका छन् । उनीहरू सबै समुदाय तथा अस्पतालबाट स्वाब पठाएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

पछिल्लो समय थपिएकासंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या ७ सय ६९ पुगेको छ । जसमा ६ सय ९५ जना निको भएका छन् । पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ७० जना रहेको छ । पाल्पामा ४ जनाको भने कोरोना संक्रमणका कारण निधन भएको छ ।

SHARE