प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन गुल्मी काँग्रेसको माग

0
965

रमेश विश्वकर्मा
गुल्मी, असोज १८ : नेपाली कांग्रेस गुल्मीले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेको छ ।

नेकपाको केन्द्रीय नेतृत्वको हस्तक्षेपमा प्रदेश ५ को मन्त्रीमण्डलले छलफलका लागि प्रदेशसभामा प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव पेश गरेको निर्णय फिर्ता लिन गुल्मी कांग्रेसले माग गरेको हो ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति मार्फत सो प्रस्तावको निर्णयले नेपाली काँग्रेस गुल्मी र सम्पूर्ण जिल्लावासीको गम्भीर ध्यान आकृष्ट उल्लेख गरेका छन् ।
नेपाली काँग्रेस सरकारको पालामा प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवललाई तोकिएको थियो । विगतको सरकारले टुङ्गो लगाइ सकेको राजधानीका विषयमा यस प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको सभापति श्रेष्ठले बताए । सुझाव समितिको सुझावलाई समेत लत्याइ प्रदेशसभा सदस्यहरुलाई गुमराहमा राख्ने यो प्रस्ताव घोर अप्रजातान्त्रीक र कपटपूर्ण रहेको सभापति श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वशान्तीका अग्रदुत गौतमबुद्धको जन्मस्थल, व्यापारीक, सांस्कृतिक, धार्मिक र भौतिक विकासले सम्पन्न अत्यन्तै महत्वपूर्ण बुटवललाई राजधानी तोक्ने निर्णयले आम गुल्मीवासी अत्यन्तै हर्षित थियौं ।

अन्तरराष्ट्रिय विमानस्थलको सुगमता, भौतिक विकासको सहजता र ऐतिहासिक बटौलीको महत्वलाई प्रदेश राजधानीको रुपमा सुरक्षीत गर्न सके समग्र प्रदेशकै गरिमा र स्वाभीमान उचो हुनेछ ।’
वर्तमान सरकारका जिम्मेवार व्यक्तिहरुद्वारा विगतमा चुनावी नारा बनाइएको प्रदेश राजधानी बुटवललाई नै तोक्ने आफ्नो प्रतिवद्धताबाट पछाडी हट्नु दुःखद रहेको उल्लेख गर्दै आममतदाता प्रति गम्भीर धोका भएको दाबी गरे । यति लामो समयसम्म अनिर्णयको बन्दी बनेको प्रदेश सरकारले संघीय नेतृत्वको हस्तक्षेपलाई स्वीकार गर्दै सोही आदेशको पूर्णपालना गर्नु संघीयताको मर्म विपरीत खेद जनक रहेको समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सभापति श्रेष्ठले विगतमा तराईबाट पहाडका केही जिल्लालाई अलग गर्ने तत्कालीन आफ्नै सरकारको निर्णय विरुद्ध नेपाली काँग्रेस गुल्मी आन्दोलनको नेतृत्व गर्दै सडक संघर्षमा उत्रीएको स्मरण समेत गराए ।
सोही आन्दोलनको बलमा तराइ र पहाडलाई जोडेर एकल ५ नं। प्रदेश बनाउन सरकार बाध्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘आज यो प्रदेश र केन्द्रमा नेकपाको एकलौटी सरकार छ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, गुल्मी जिल्लाको हित विपरीत राजधानी सार्ने जस्तो गम्भीर निर्णय हुँदै गर्दा सत्तासीन गुल्मी पार्टीनेतृत्वको मौनता केका लागि रु भन्दै गम्भीर प्रश्न उठेको । केन्द्रीय नेतृत्वको यो हस्तक्षेपकारी निर्णयलाई सच्याई पूर्ववत ५ नं।प्रदेशको राजधानी रुपन्देहीको बुटवललाई नै तोकियोस भन्ने सम्पूर्ण गुल्मीवासीको चाहनालाई प्रतिनिधित्व गर्दै उक्त प्रस्ताव अविलम्ब फिर्ता लिन नेपाली काँग्रेस गुल्मीले माग गरेको छ ।

SHARE