
सुशीला रेग्मी
असोज १७,२०७७ पाल्पा : गंगा माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं ८ एक्लेटार पाल्पाको नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
नवगठित समितिको अध्यक्षमा नरनारायण अर्याल सर्वसम्मत रुपमा चयन भएका छन् ।
समितिको सदस्यहरुमा छायाँचन्द्र पंगेनी, विष्णुमाया गैहे, मनोज आचार्य, रिमा श्रेष्ठ र कमला सुनार सर्वसम्मत रुपमा चयन भएको प्रधानाध्यापक देवराज देवकोटाले जानकारी दिए ।
यसैगरी शिव अधिकारी अध्यक्ष रहेको शिक्षक अभिभावक संघ पनि गठन भएको छ । नवगठित समितिका अध्यक्ष नरनारायण अर्यालले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक मात्र नभई त्यसको जिम्मेवारी समिति र अभिभावकको रहेकाले सबै आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । साथै उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा आफुलाई सर्वसम्मत रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्याक्त गरे ।









