असोज १६, २०७७ अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण भएपछि पौडेल र थापा होम आइसोलेसनमा बसेका छन्। शीतगंगा र सन्धिखर्क नगरपालिकामा पहिरो पीडितलाई राहत वितरण गरेर फर्किएपछि परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो।
पौडेलले राहत वितरण गर्न जाँदा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्। उनले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु निरन्तर सञ्चालन हुने जानकारी दिएका छन्।