पाल्पामा गाई गोठबाट लडेर एकजनाको मृत्यु

0
325

असोज १६, २०७७ पाल्पा : रैनादेवी छहरा गाउँपालिका–४ मेहलढापमा गाई गोठबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार ६२ वर्षीय सोमानसिंह घर्ती मगरको मृत्यु भएको हो। राति खाना खाएर सुत्न गएका उनी घाँस राख्ने गोठको भ्वाङबाट तल भकारोमा लडेका थिए।
बिहान करिब ५ बजे बुहारीले देखेर परिवारका अन्य सदस्यलाई खबर गरेकी थिइन्। सोमानसिंह मृत अवस्थमा थिए।

राति नै लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताए।

SHARE