गोठ भत्किँदा पाल्पामा एक जनाको मृत्यु

0
306

असोज १२, २०७७ पाल्पा : गोठ भत्किएर पाल्पामा सोमबार एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीस्थित डबकाका ५४ वर्षीय हरिबहादुर लम्तरी रहेका घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। घटनास्थलमै लम्तरीको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए।
सोही गाउँपालिका वडा नम्बर ८ सोमहरका ४८ वर्षीय अमरबहादुर पेग्मी घाइते भएका छन्।
छिमेकी पुतली सुनारको गोठमा गारो लगाउने क्रममा एक्कासि भत्किएर उनीहरू दिउँसो करिब २ बजे पुरिएका थिए। पुरानो गोठ मर्मत गर्ने क्रममा भत्किएको हो।
घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

SHARE