रोहीणी खोलामा फेला परेको शवको पहिचान हुन सकेन

0
563

असोज ११,२०७७ बुटवलः रुपन्देशीको रोहीणी खोलाको वगमा फेला परेको महिलाको शवको पहिचान हुन सकेको छैन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह १२ रोहिणी खोलाको बगरमा करीब ५०र ५५ वर्षकी महिलाको शव फेला परेको हो। शव सडिसकेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टनका लागि भैरहवाको भीम अस्पतालमा लगिएको छ। कसैले हत्यागरि फालेको हुन सक्ने अनुमान गरिएको छ ।

SHARE