अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड खुल्यो

0
470
फाइल फोटो

असोज ११, २०७७ रुपन्देही : अविरल वर्षासँगै आएको पहिरोले तीन दिनदेखि अवरूद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सुचारु भएको छ।

गत शुक्रबार रातिदेखि अवरुद्ध सडक दिउँसो सवा ३ बजेदेखि एकतर्फी सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए।
अविरल वर्षाका कारण उक्त सडकखण्डमा एक दर्जन बढी ठाँउमा पहिरो खसेको थियो । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव भएको थिएन।

SHARE