पाल्पा पहिरोमा परेकाको शब पोष्टमार्टम गर्नै समस्या

0
278
फाइल फोटो

असोज १०, २०७७ पाल्पा :  पाल्पा रम्भा गाउँपालिका(२, फोक्सिङकोटस्थित बेलौजामा गएको पहिरोमा ज्यान गुमाएका पाँच जनाको शव पोष्टमार्टमका लागि सदरमुकामसम्म ल्याउन समस्या परेको छ।

सदरमुकाममा लैजान नसकेपछि रम्भा गाउँपालिका ५ मा रहेको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा शव पोष्टमार्टम गर्ने तयारी भइरहेको छ। बिहीबार बिहान करिब ४ बजेतिर पहिरो चल्दा बेलौजास्थित घरमै सुतिरहेका पाँच जना पुरिएका थिए।
६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनीसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, नातिनीहरू ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुमिसरा आलेको शव पहिरो गएको ३६ घन्टापछि फेला परेको थियो।
मृतकहरूको शव पोष्टमार्टम गरेर आजै परिवारजन र आफन्तलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराइले जानकारी दिएका छन्‌। तर शव पोष्टमार्टम गर्न भने समस्या भएको छ।

शव जसोतसो फेला पारिएपनि पोष्टमार्टम गर्नको लागि अस्पतालसम्म ल्याउनै समस्या भएको हो। घटनास्थलबाट अस्पतालतर्फ आउने बाटोसमेत पहिरोले भत्काएको छ।

SHARE