बुटवल–पाल्पा सडकमा पहिरो

0
291
फाइल फोटो

असोज ७, २०७७ रुपन्देही : लगातार पानी परेपछि जमिन कमजोर हुँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पहिरो खसेको छ।

सडकमा पहिरो खसेपछि सवारी आवतजावत रोकिएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार पाल्पाको तानसेन नगरपालिका–८ डुम्रेमा पहिरो खसेको हो।
राजमार्गको अन्य ठाउँमा पनि साना(साना पहिरो खसेको छ। जसकारण बिहानैदेखि राजमार्गमा सवारीसाधन अलपत्र परेका छन्।

SHARE