रामपुरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल

0
588

सुशीला रेग्मी

असोज ५,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम भएको छ ।

नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, नगर प्रवक्ता हुमनाथ न्यौपाने, वडा अध्यक्षहरु, राजनीतिक दल, कार्यपालिका सदस्यहरु, कर्मचारी, रामपुर उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागीतामा फोहोरमैला व्यवस्थापनका सन्दर्भ छलफल भएको हो ।

उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहजिकरणमा रामपुरमा अव्यवस्थित रुपमा फालिएको फोहोरजन्य पदार्थलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन गरिने भएको छ । उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेल र सूर्योदय क्लवका अध्यक्ष अनन्त श्रेष्ठले फालिएको फोहोरलाई मेसिनबाट प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन बिधिका सम्बन्धमा सहजिकरण गरेका थिए ।

नगरपालिकाको हलमा भएको छलफल कार्यक्रमले दैनिक निस्कने फोहोरमैलाको वर्गीकरणको अभ्यास, कार्ययोजना निर्माण, सरसफाई कर्मचारीलाई फोहोरमैला वर्गीकरण गर्ने प्रबिधिका बारेमा जानकारी दिइएको छ ।
उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहजिकरणमा रामपुर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टोल टोलमा तालिम संचालन, टोेलवासीलाई फोहोर वर्गीकरणको अभ्यास गराउने, मेसिनबाट मल उत्पादन अर्ध प्रशोधन गरी मल बिक्रि वितरण गर्ने प्रक्रिया गराउने कार्यक्रम रहेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
फोहोरमैला व्यवस्थापनका लागि रामपुर नगरपालिकाले नगरपालिका परिषर नजिकै अस्थायी भवन निर्माण गरेको छ । रामपुरमा फोहोर व्यवस्थापन नहुदा बजार क्षेत्रबाट निस्कने फोहोरजन्य पदार्थ नगरपालिका परिषरमा फालिने गरिएको छ ।

केही समय अगाडी विभिन्न संचार माध्यममा फोहोरमैला व्यवस्थापन नहुदा समस्या सम्बन्धमा समाचार प्रसारण तथा प्रकाशन भएपछि फोहोरमैला व्यवस्थापनको प्रक्रिया अगाडी बढेको हो ।
फोहोरमैला प्रशोधन गर्ने मेसिन पनि रामपुरमा भित्रिसकेको छ । उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाले यस आर्थिक वर्षमा रामपुर नगरपालिका संगै स्याङ्गजाको पुतलीबजार नगरपालिकाको समन्वयमा फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको छ ।

SHARE