पाल्पामा एक संक्रमितको मृत्यु

0
281

असोज ३, २०७७ पाल्पा : पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१४ अर्गलीकी ४२ वर्षीया एक महिला छन्।

उनको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा शुक्रबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।
निमोनियाले ग्रस्त उनी भदौ ३० गते उपचारको लागि अस्पताल भर्ना भएकी थिइन्। कोरोना भाइरस ९कोभिड १९० सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई प्री( आइसोलेनमा भर्ना गरिएको थियो। लगत्तै स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाएको र शुक्रबार बेलुकी उनको रिपोर्ट कोरोना पोजेटिभ आएको पन्थीले बताए।
उनका अनुसार शुक्रबार राति नै करिब १२ बजे ती महिलाको मृत्यु भएको भएको हो।

SHARE