प्रदेशका ६ स्थानीय तहलाई शव वाहन किन्न ९० लाख

0
743

असोज २, २०७७ रुपन्देही : प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट प्रदेशका ६ स्थानीय तहलाई शव वाहन खरिदका लागि १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठान नगरपालिका, सन्धिखर्क नगरपालिका, गुलरिया नगरपालिका, रोल्पा नगरपालिका, सिस्ने गाउँपालिका, रामग्राम नगरपालिकालाई उक्त रकम दिर्ने निर्णय गरेको हो।
त्यस्तै, बैठकले जिल्लास्तरीय ६ वटा अस्पतालहरूलाई ५० शैय्‍यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन्।

तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो। नेपाल स्वास्थ्य सेवाअन्तर्गत ११औँ तहका डेण्टल सर्जन डा वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय भएको छ।

SHARE