
असोज १, २०७७ रुपन्देही : रूपन्देहीको देवदहको क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। देवदह नगरपालिका–३ सेमरानास्थित आदिवासी जनजाति महासंघ नेपालको भवनमा बनाएको क्वारेन्टाइनमा बसेका एक युवकको शव पासो लगाइएको अवस्था फेला परेको हो।
देवदह–४ निवासी ती युवक गत भदौ १७ गते भारतको मुम्बईबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए। उनले बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टि छतमा रहेको फलामको रडमा झुन्डिएका वडा नम्बर ३ का अध्यक्ष वैकुण्ठ बहादुर कुँवरले बताए।
आत्महत्यापछि उनको रिपोर्ट बिहीबार बिहान नेगेटिभ आएको छ। उनले आत्महत्या गर्नुको कारण खुलेको छैन।








