अकला प्रावि निस्दी गल्धामा चट्याङ्ले क्षति

0
467

सुशीला रेग्मी

भदौ २९,२०७७ पाल्पा :पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ को पाङ्गलाङ्गको अकला प्राथमिक विद्यालयको भवनमा आइतवार बिहान परेको चट्याङ्ले क्षति पु¥याएको छ ।

विद्यालय भवनको चारकोठा, शौचालय, ५५ वाटको सोलार प्यानल, कार्यालय कोठामा जडान भएका राष्ट्रिय प्रसारण लाइनका विद्युत तारमा पूर्ण क्षति पुगेको प्रधानाध्यापक सेरबहादुर सोतीले जानकारी दिए ।

विद्यालयमा परेको चट्याङ्गका कारण स्थानीय चार जना महिला र दुई जना पुरुष बेहोस भएका थिए । एक महिलाको टाउकोमा चोट लागी घाइते भएकी छिन् । घाइते महिलाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
विद्यालयमा चट्याङ् परेर क्षति पुगेपछि गाउँपालिकाका उपाध्यक्ष रिताकुमारी अर्याल, वडा नं ५ का अध्यक्ष भिमबहादुर बयम्बु, रुक्सेभन्ज्याङ्ग प्रहरी चौकीका ईन्चार्ज सेरबहादुर थापा, नेकपा जिल्ला कमिटि सदस्य नोलकुमार बयम्बु, वडा सदस्यहरु सहितको टोलीले अनुगमन गरेको हो ।
चट्याङ्गबाट विद्यालयमा दुई लाख बराबरको क्षति पुगेको वडा अध्यक्ष भिमबहादुर बयम्बुले जानकारी दिए । क्षतिको विवरणको मुचुल्का तयार पारिएको र राहतको लागि वडा तथा गाउँपालिका कार्यालयमा पेश गरिने छ ।

SHARE