बुटवलमा उपचाररत संक्रमितको मृत्यु

0
484

भदौ २६, २०७७ रुपन्देही :  बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
नवलपरासी सुस्ता ५ का ५५ वर्षीय पुरुषको आज शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
भदौ १९ गते कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्तचापको समस्या रहेको उनले बताए ।

SHARE