लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना

0
383

भदौ २६, २०७७ पाल्पा : तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले जानकारी दिए।

SHARE