तानसेन नगर कार्यालय बन्द

0
300

भदौ २५, २०७७ पाल्पा : जनप्रतिनिधिलाई कोरोना पुष्टि भएपछि तानसेन नगरपालिकाको कायार्यलय बन्द हुने भएको छ।
बिहीबार बसेको आकस्मिक बैठकले शुक्रबार अर्थात् भदौ २६ देखि आगामी असोज ५ गतेसम्म कार्यालयको कामकाज बन्द रहने नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिए। नगरपालिका र मातहतका वडा कार्यालयका कामकाजसमेत बन्द हुनेछन्।
उनका अनुसार अत्यावश्यक सेवा भने सुचारू रहनेछन्। बिहीबार बिहान वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य गरी १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। एकजना वडाध्यक्षसहित ४ जना जनप्रतिनिधि रहेका छन्।
आज संक्रमित हुनेमा वडा नम्बर १ मा २, २ मा १, ६ मा १, ७ मा २, ८ मा २, ९ मा १, १० मा ४, ११ मा १ र १२ मा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए। पाल्पामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन्।

SHARE