रामपुरका कृषकलाई युरिया मल वितरण

0
371

सुशीला रेग्मी

भदौ २५,२०७७ पाल्पा : युरिया मलको अभाव भइरहेका बेला पाल्पा रामपुुर नगरपालिकाका कृषकलाई बुधवार तीन स्थानबाट मल वितरण गरिएको छ ।

विजयपुर कृषि सहकारी संस्थाको व्यवस्थापन तथा खरिदमा रामपुर नगरपालिका संगको समन्वयमा कृषकलाई मल वितरण गरिएको हो । दर्छा हरियाली कृषि सहकारीको कार्यालय रजघराबाट २० बोरा युरिया मल प्रतिव्यक्ति दुई किलो, विजयपुर कृषि सहकारी कार्यालयबाट ४० बोरा प्रतिव्यक्ति दुई किलो, बराह कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति डेढ किलो मल वितरण गरिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउाछन् ।

नगरपालिकाका कृषि शाखा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, सहकारीका पदाधिकारी, प्रहरीको रोहबरमा मल वितरण गरिएको हो । साल्ट्र टे«डिङ्ग कर्पोरेशन कम्पनीको पूर्वी पाल्पाकै एकमात्र आधिकारक बिक्रेता विजयपुर कृषि सहकारीले मल खरिद गरेर वितरण गरेको अध्यक्ष सूर्यप्रसाद रेग्मीले जानकारी दिए ।
कृषकलाई प्रतिकिलो १८ रुपैयाँका दरले मल वितरण गरिएको हो । पसाउन लागेको धान बालीमा मल राख्न नपाएपछि कृषकलाई समस्या परेको छ । मलको अभाव भएपछि धान उत्पादन घट्ने कृषक चिन्तामा छन् । सहकारीले मल वितरण गर्ने सुचना पाएपछि बिहान ४ वजे देखि नै कृषक कार्यालयमा पुगेका थिए । कृषकको भीडले मल वितरणमा हम्मेहम्मे परेको थियो । स्थानीय युवाको सहयोग लिएर मल वितरण गरिएको हो ।

SHARE