पाल्पामा घर भत्किएर एक युवकको मृत्यु

0
569

भदौ २५, २०७७ पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा घर भत्किएर पुरिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय सुमन कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। सुतिरहेको अवस्थामा एक्कासी घर भत्किँदा बुधबार राति ११ बजे उनी घाइते भएका थिए। उनलाई पुरिएको अवस्थामा स्थानीयले उद्वार गरेका थिए।
उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याउँदा बिहिबार विहान साढे एक बजे कनौजेलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गएराति परेको वर्षाले घर भत्किएको हो।

SHARE