पाल्पाको तिनाउ गाउँपालिकाको कार्यालय बन्द

0
337

भदौ २२, २०७७ पाल्पा : समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पाको तिनाउ गाउँपालिका कार्यालय एक हप्तासम्मका लागि बन्द गरिएको छ।
नगरपालिका नजिक रहेको दोभानको मुख्य बजार पनि सिल गरिएको छ। यही भदौ २८ गतेसम्म गाउँपालिकाको कार्यालयका सबै कामकाज ठप्प हुने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए।
कार्यालय नजिकै रहेको बजारका स्थानीयलाई कोरोना पोजेटिभ देखिएको थियो। एक जना होटल व्यवसायी महिलामा कोरोना पुष्टि भएपछि ट्रेसिङ गरेर १०७ जना स्थानीयको कन्ट्याक्ट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।
ती मध्ये ८ जनामा आइतबार कोरोना पुष्टि भएको छ। आइतबार नै कार्यपालिकाको बैठक बसेर एक हप्ता दोभान बजार सिल गर्ने र कार्यालयका कामसमेत बन्द गर्ने निर्णय भएको छ।

SHARE