बिरामीमा कोरोना देखिएपछि पाल्पा अस्पताल सिल

0
363

सुशीला रेग्मी
भदौ २२,२०७७ पाल्पा : पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवा वाहेक सबै सेवा आइतवार साँझ देखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए ।

गत हप्ता देखि अस्पतालमा भर्ना भई उपचाररत तानसेन नगरपालिका वडा नं ११ बस्ने ८२ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीका आमा हुन् ।

अस्पतालम कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीका छोरी, कार्यालय सहयोगी, चिकित्सक, कर्मचारीलाई होमक्वारेन्टिनमा राखिएको छ ।

SHARE