पाल्पामा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
319

सुशीला रेग्मी
भदौ २१,२०७७ पाल्पा : जीपको ठक्करबाट पाल्पाको रम्भा गाउँपालिका वडा नं ५ स्थित मुडुलीचौपारीमा एक बृद्धको मृत्यु भएको छ ।

शनिवार दिउँसो करिव ३ः २० वजेको समयमा आर्यभन्ज्याङ्गबाट रामपुरतर्फ खुद्रा सामान लिएर आउँदै गरेको ना ३ च ८८०८ नम्बरको जीपले ठक्कर दिदा रम्भा ५ सेर्का टेमनीका अन्दाजी ६० वर्षीय भुपाल सिं रानाको मृत्यु भएको ताहुँ प्रहरी चौकीले जनाएको छ ।

सडकमा हिड्ने क्रममा जीपको ठक्करबाट घाइते भएका रानाको उपचारको क्रममा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । ठक्कर दिने जीप र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

SHARE