पाल्पामा जारी निषेधाज्ञा हटाइयो

0
288

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ भदौ : पाल्पामा लगाइएको निषेधाज्ञा शुक्रवार रातीबाट हटाइने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सहित सर्वपक्षीय बैठकले शुक्रवार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

जिल्लामा पहिलो चरणमा भदौ ४ गते राती १२ वजेदेखि १२ गते राती १२ वजे सम्म निषेधाज्ञा लागु गरी पुनः भदौ १९ गते राती १२ वजे सम्म एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको थियो ।

नागरिकको जनजीवन तथा जिल्लामा विकास निर्माणका कार्यलाई मध्यनजर गर्दै जिल्लाभित्र आवतजावत, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, संचालनमा खुकुलो बनाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

शनिवार देखि सरकारी, सार्वजनिक, बैंक तथा वित्तीय संस्था, बीमा लगायत सबै प्रकारका कार्यालयहरु, स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत), सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी सेवा संचालन गर्न पाइने भएको छ ।

विकास आयोजना र निर्माण कार्य,उद्योग, व्यापार, व्यवसाय, फसल, डिपार्टमेन्ट स्टोर, रेष्टुरेण्टबाट हुने प्याकिङ र टेक अवे सेवा,जिल्ला भित्रमात्र आवगमन गर्ने निजी सवारी साधन जोर विजोर प्रणाली अन्र्तगत भोली जोर नम्बरका सवारी साधन संचालनमा ल्याउने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

SHARE