पाल्पामा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

0
545

भदौ १७, २०७७ पाल्पा :  पाल्पाको तिनाउ गाउँपालिका–३ श्रीडाँडामा ढुंगाले लागेर एकजना महिलाको मृत्यु भएको छ। एक जना घाइते भएकी छन्।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए।
उनकी तीन वर्षीया छोरी करिस्मा घाइते भएकी छन्। गम्भीर घाइते करिस्माको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।

SHARE