रामपुरमा फुड बैंकमार्फत चार सय बढी नागरिकलाई खाद्यान्न वितरण

0
658

सुशीला रेग्मी

भदौ १५,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकाका पाँच स्थानमा लायन्स क्लव अफ रामपुरले संचालन गरेको फुड बैंकमार्फत चार सय २१ जना नागरिकले राहत पाएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा जिल्लामा जारी निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरिव, विपन्न वर्गका नागरिकका लागि लायन्स क्लवले रामपुरमा फुड बैंक स्थापना गरी खाद्यान्न सामग्री वितरण गरेको हो ।

सोमवार रामपुर नगरपालिका वडा नं ५ स्थित भम्बकमा राहत वितरण गरी पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरिएको लायन्स क्लव रामपुरका अध्यक्ष खिमबहादुर केसीले बताउनुभयो । यस कार्यक्रमले दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका नागरिकलाई सजिलो परेको छ ।

लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल रहेका थिए ।
प्रमुख अतिथि वडा अध्यक्ष मल्लले साँझ बिहान हातमुख जोहो गर्न समस्यामा परेका अति विपन्न, गरिव तथा असहाय परिवारका नागरिकलाई निषेधाज्ञाको चरम मारमा परेका बेला यस कार्यक्रमले ठुलो राहत मिलेको बताउनुभएको छ । साथै उहाँले यस कार्यमा नेतृत्व गर्ने लायन्स क्लव र विभिन्न स्थानीय क्लव, सामाजिक व्यक्तित्व, संघ संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा लायन्स क्लव ३२५ बिटुका डिस्ट्रिक कोर्डिनेटर भोजेन्द्रप्रकाश ढकालले पहिलो चरणको राहत वितरण प्रक्रिया सकिएको र निषेधाज्ञाको अवधी लम्बिदै गएमा समस्यामा परेका नागरिकका निम्ति पुनः राहतको कार्यक्रम संचालनका गर्न संस्थासंग छलफल र समन्वय गर्ने बताउ ।
साथै समापनको अवसरमा उहाँले लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बिटु नेपालका गर्भनर एम जे एफ लायन शम्भु नकर्मीले २० हजार, एरिया फोरका एरिया चिफ सन्दिप कसोधनबाट पाँच हजार र स्ट्रयाटेजी चिफ सुशील प्रधानले दुई हजार रकम यस कार्यका लागि उपलब्ध गराउन्े घोषणा गरे ।

यस कार्यक्रमका लागि विभिन्न संघ संस्था, व्यक्ति, सामाजिक व्यक्तित्व, जनप्रतिनिधि लगायतबाट एक लाख ९० हजार रकम संकलित भई राहत वितरण गरिएको आर्थिक समितिका संयोजक तथा युथ युनियन मटेरी क्लवका सचिव दिपेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

भम्बक युनाइटेड क्लवका सचिव गोबिन्द्रप्रसाद भट्टराईले बोल्दै बेझाड बजार, सदावर्त, ईस्लामपुर, मटेरी र भम्बकबाट राहत वितरण गरिएको बताए । कार्यक्रम संचालन लायन्स क्लव अफ रामपुरका सचिव रमेश ढकालले गरे ।

एक व्यक्तिलाई पाँच किलो चामल, एक÷एक किलो दाल, नुन र आधा लिटर खानेतेल वितरण गरिएको छ । लायन्स क्लव रामपुरले ‘हुने खानेले हुदा खानेलाई हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानका साथ युथ युनियन मटेरी क्लव, रामपुर युवा क्लव, ईस्लामिक सक्रिय युवा समाज, सिज नेपाल सदावर्त र भम्बक युनाइटेडको समन्वयमा फुड बैंक स्थापना गरी खाद्यान्न सामग्री वितरण गरेको हो ।

SHARE