दरैठाँटी माविको अध्यक्षमा कृष्णकुमार अर्याल

0
740

सुशीला रेग्मी

भदौ १३,२०७७ पाल्पा : पाल्पाको शैक्षिक क्षेत्रमा अब्बल रामपुर नगरपालिका वडा नं ६ स्थित दरैठाँटी माध्यमिक विद्यालयको अध्यक्षमा कृष्णकुमार अर्याल सर्वसम्मतमा छनौट भउका छन् ।
शनिवार एक कार्यक्रमका बीच रिक्त रहेको व्यवस्थापन समितिलाई विद्यालयले पूर्णता दिएको छ । सामाजिक क्षेत्रमा सक्रिय अर्याललाई सर्वसम्मतीले छनौट गरी अध्यक्षको जिम्मेवारी दिइएको छ । सामाजिक क्षेत्रमा सक्रिय अर्याल पाल्पा जिल्लाकै नमुना भैसीपालन व्यवसायी हुनु । अर्याल सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरको अध्यक्षमा रहेर काम गर्दै आएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम परिस्थितीमा विद्यालयले सामाजिक दुरी कायम गर्दै नयाँ समितिलाई पूर्णता दिएको छ । नवगठित समितिको अध्यक्षमा कृष्णकुमार अर्याल सहित सदस्यहरुमा लेखनाथ रेग्मी, एकराज ढकाल, मित्रा ढकाल, तारा कंडेल, सिता मल्ल, शिक्षक प्रतिनिधि मानबहादुर कुँवर र सदस्य सचिवमा प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा सर्वसम्मतीमा चयन भएका छन् ।
रामपुर नगरपालिका वडा नं ६ को कार्यालयको तर्फबाट भने एक जना जनप्रतिनिधि छनौट गर्न बाँकी रहेको विद्यालयले जनाएको छ । साथै शिक्षक अभिभावक संघको अध्यक्षमा रेशमराज भट्टराई छनौट भएका छन् ।

नवगठित कार्यसमितिलाई विद्यालयले एक कार्यक्रम गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति कृष्णप्रसाद अर्याल, नेकपा वडा कमिटि अध्यक्ष सागरप्रसाद देवकोटा, निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष सुदनप्रकाश रेग्मीले बोल्दै नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्याक्त गरे ।

नवगठित समितिका अध्यक्ष कृष्णकुमार अर्याल, लेखनाथ रेग्मी, एकराज ढकाल, मित्रा ढकाल, तारा कंडेल र शिक्षक अभिभावक संघका अध्यक्ष रेशमराज भट्टराई लगायतले बोल्दै सर्वसहमतीमा समिति गठन गर्न सघाउने सबैलाई धन्यवाद दिदै विद्यालयको शैक्षिक, भौतिक लगायतका क्षेत्रमा आफुहरुले खटेर काम गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा सहजिकरण गर्ने राजनैतिक दल, जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी सबैलाई प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव सुन्दरप्रसाद देवकाटाले धन्यवाद दिए । यो विद्यालय शैक्षिक क्षेत्रमा जिल्लामै नमुनाका रुपमा रहेको छ ।

SHARE