नवदुर्गा माविमा युवाको नेतृत्व, अध्यक्षमा जनकराज भण्डारी

0
492

सुशीला रेग्मी

भदौ १३,२०७७ पाल्पा : पाल्पा रामपुर नगरपालिका ६ तिलकपुर स्थित नवदुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिमा युवावर्गले नेतृत्व पाएको छ । नवगठित समितिको अध्यक्षमा युवा जनकराज भण्डारी सर्वसम्मत रुपले चयन भएका छन् ।

समय सापेक्ष शैक्षिक क्षेत्रलाई अगाडी बढाउन र शैक्षिक गुणस्तर बृद्धि गरी नमुना विद्यालयका रुपमा चिनाउन यस विद्यालयमा युवा वर्गको नेतृत्व चयन गरिएको हो । अध्यक्षमा जनकराज भण्डारी सहित सदस्यहरुमा तेजबहादुर कुमाल, कमला बस्ताकोटी, किशोर देवकोटा, माया थापा, मथुरा कंडेल चयन भएका छन् भने एक जना वडा प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

साथै शिक्षक अभिभावक संघको अध्यक्ष बिक्रमराज अधिकारी सर्वसहमतीले छनौट हुनुभएको छ । स्याङ्गजाको चापाकोट नगरपालिका वडा नं ७ स्थित पटसारमा करिव आठ वर्ष शिक्षक पेशामा आबद्ध नवनिर्वाचित भण्डारीले समग्र विद्यालयको शैक्षिक विकासका काम गर्ने प्रतिबद्धता जायर गरेका छन् ।

SHARE