रामपुरमा फुड बैंक स्थापना

0
668

सुशीला रेग्मी

भदौ ११,२०७७ पाल्पा :  कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा समस्यामा परेका असहाय, गरिव, विपन्न वर्गका नागरिकका लागि रामपुरमा फुड बैंक स्थापना गरिएको छ ।

लायन्स क्लव रामपुरको आयोजनामा स्थानीय विभिन्न क्लवको समन्वयमा बिहिवार फुड बैंक स्थापना गरी रामपुर नगरपालिका वडा नं ५ बेझाड बजारबाट अभियानको शुभारम्भ गरिएको छ । लायन्स क्लव रामपुरका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहेका थिए । लायन्स क्लव लगायतका विभिन्न स्थानीय क्लवले गरेको यस कार्यले कोरोनाको विषम परिस्थितीमा गरिव विपन्न असहायलाई ठुलो राहत मिल्ने बताउँदै सहयोगी हात र अभियान सुरु गर्ने संघ संस्थालाई नगर प्रमुख थापाले धन्यवाद ब्याक्त गरे ।

रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल र लायन्स क्लव ३२५ बिटुका डिस्ट्रिक कोर्डिनेटर भोजेन्द्रप्रकाश ढकालले सामाजिक हितका लागि लायन्स क्लव र स्थानीय क्लवले चालेको कार्य नमुना रहेको बताए ।

रामपुर युवा क्लवका पूर्व अध्यक्ष अशोक श्रेष्ठको स्वागतबाट सुरु भएको शुभारम्भ कार्यक्रमको संचालन फुड बैंक स्थापना अभियानका आर्थिक समितिका संयोजक तथा युथ युनियन मटेरी क्लवका सचिव दिपेन्द्रप्रसाद भट्टराईले गरेका थिए । एक व्यक्तिलाई पाँच किलो चामल, एक÷एक किलो दाल, नुन र आधा लिटर खानेतेल वितरण गरिएको भट्टराईले जानकारी दिए ।
बेझाड बजार रामपुर युवा क्लवको मन्चबाट सुरु भएको अभियान भदौ १२ गते वडा नं ४ सदावर्त, १३ गते ईस्लामपुर, १४ गते वडा नं ५ को मटेरी ठुलोटार र १५ गते भम्बकबाट अपरान्ह् ४ वजेबाट राहत सामग्री वितरण गरिने कार्यक्रम रहेको आर्थिक संकलन समितिका सदस्य सुन्दर कंडेलले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा काम नपाएर साँझ बिहानको जोहो गर्न समस्यामा परेका नागरिकलाई यस कार्यले ठुलो राहत पुग्ने रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम दाबी गरिन ।

SHARE