सुशीला रेग्मी
भदौ ११,२०७७ पाल्पा : कोरोनाको कहरका बाबजुद पनि पाल्पामा अनलाइनमार्फत तीजगीत प्रतियोगिता संचालन गरिएको छ । निस्दी आवाज युवा संजालले पहिलो पटक प्रबिधिको प्रयोग गर्दै अनलाइन तीजगीत प्रतियोगिता आयोजना गरी नतिजा सार्वजनिक गरेको हो ।
गत भदौ ४ गतेदेखि ६ गते सम्म निस्दी आवाज युवा संजालको आधिकारिक फेसबुक समुह निस्दी आवाजमा पोस्ट गरेको तीजगीत भिडियोको नतिजा ४० प्रतिशत लाइक र सेयर तथा ६० प्रतिशत निर्णायकले मुल्याङ्कन गरी सम्पन्न गरियो । अनलाइन तीजगीत प्रतियोगितामा २३ समुहको सहभागीता रहेको थियो ।
तीजगीतको नतिजा भर्चुअल माध्यमबाट लोक तथा दोहोरी गायक बद्री पंगेनीले सार्वजनिक गरे । गायक बद्री पंगेनी, गायिका जमुना राना र मोडल तथा निर्देशक सुमन थापाले तीजगीत प्रतियोगिताको अनलाइनमार्फत मुल्याङ्कन गरेका थिए ।
प्रतियोगितामा प्रथम समाज उज्ज्वल महिला समुह, द्धित्तिय निस्दी ४ मित्याल छापडाँडाको समुह र तृत्तिय र निस्दी ७ ज्यामिरे हुबासको समुह भएको छ । प्रथम, द्धित्तिय र तृत्तिय हुनेलाई क्रमश ः नगद रु दश हजार, पाँच हजार र तीन हजार पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट शब्दमा धनमाया दिशुवा र उत्कृष्ट नृत्यमा सृष्टि वाह«घरे छनौट भई नगद रु एक÷एक हजार पुरस्कार प्रदान गरिएको छ ।
उज्यालो निस्दी अभियान शिर्षकमा रहेर आयोजना गरिएको तीज गीत प्रतियोगितामा सहभागीले निस्दी गाउँपालिकामा विद्युत् विस्तार नहुदा त्यसबाट भोगेका समस्यालाई समेटेर गीत र नाच प्रस्तुत गरेका थिए ।
यसवर्ष कोरोनाको कहरले कार्यक्रम गर्न सक्ने अवस्था नभएकाले संस्कृती र परम्परा जोगाउन पहिलो पटक प्रबिधिको प्रयोगमार्फत अनलाइन तीजगीत प्रतियोगिता संचालन गरेको निस्दी आवाज युवा संजालका सदस्य मोमबहादुर सोमैले बताए ।