स्कुटर दुर्घटनामा एकको मृत्यु

0
342

भदौ १०,२०७७ रुपन्देही : रुपन्देहीमा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ४० वर्षीय शङ्कर कार्की रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति ११ बजेर १५ मिनेट जाँदा आफै अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका स्कुटी चालक कार्कीलाई उपचारका क्रममा बुधबार क्रिमसन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

SHARE