भदौ १०, २०७७ अर्घाखाँची : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसअघि भदौ ३ देखि १० गते बुधबारसम्म निषेधाज्ञा थियो। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन्। तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म, डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।