गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक गर्यो आफूले गरेका कार्यहरु सहितको मासिक बुलेटिन

0
444
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

भदौ १०,२०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिकाले आफनो मासिक कार्यबिवरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाले मासिक विद्युतीय बुलेटिन प्रकाशित गर्दै कार्यपालिकाका सम्पूर्ण विषय सार्वजनिक गरेको र गाउँपालिकाले गरेका कार्यहरुलाई पारदर्शिरुपमा आम जनता सम्म पुर्याउने उद्येश्य रहेको गाउँपालिकाले जनाएको छ ।

बुलेटिनमा जनप्रतिनिधि तथा कर्मचारीको विवरणका साथै जिम्मेवारीको विषयमा समेत जानकारी गराइएको छ । बुलेटिनमा गाउँपालिकाको परिचय, ऐतिहासिक पृष्ठभूमी, जनसंख्या तथा मूख्य जातजाती, शाखागत कर्मचरी र उनीहरुको कार्य विवरण, मासिक रुपमा गाउँपालिकाले गरेका कामहरु, ऐनरकानून तथा निर्देशिका सम्बन्धी जानकारी, सेवा प्रवाह, लाभान्वितको तथ्याक तथा राजश्व विवरण, आम्दानी तथा खर्च विवरणका साथै कर्मचारीको मासिक हाजिरी र विदा विवरण समेत सार्वजनिक गरीएको छ ।

गाउँपालिकाको परिचयदेखि मासिक रुपमा भए गरेका मूख्यमूख्य काम सहितका सम्पूर्ण विवरण उक्त बुलेटिनमा सार्वजनिक गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

‘जनतालाई केन्द्रमा राखी जनताको अधिकतम हितको लागि संचालन गरेको विभिनन गतिविधिहरुको जानकारी सरोकारवालाहरुलाई उपलब्ध गराउँदा सबैले सूचना पाउने संवैधानिक हकको प्रत्याभूति गराउन र सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीको कार्यान्वयन गर्नका लागि यस्तो कार्य गरिएको गाउँपालिकाले जनाएको छ ।

SHARE