बुटवलमा कोरोना संक्रमितको मृत्यु

0
512

भदौ ९, २०७७ रुपन्देही : रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

उनको सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो।

SHARE