गुल्मीमा बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झार्न नपाइने

0
432

तिलाचन पाण्डे
असोज ८ , २०७६ गुल्मी ः वडा दशैं नजिकिदै जानथालेसँगै गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन गर्न बिभिन्न योजना तय भएका छन् । बुधवार जिल्ला ट्राफिक कार्यालय गुल्मीमा बसेको सरोकारवालाहरुसँगको छलफल पछि बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई चाडपर्वको बेला व्यवस्थित गर्न बिभिन्न निर्णयहरु भएको हो ।
चाड पर्वको समयमा अन्य समयमा भन्दा धेरै भिडभाड वढने र सवारी चाप पनि वढने भएकाले ट्राफिक व्यवस्थापनलाई मध्य नजर राखेर जिल्ला ट्राफिक कार्यालय गुल्मीले सक्रियता बढाएको छ । बजार क्षेत्रमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म ठूला तथा साना सवारी साधनले माल समान लोड अनलोड गर्न नपाउने भएका छन् । बजार क्षेत्रमा कुनैपनि सवारी साधन चालक बिना लामो समय पाकिङ्ग गरेर राख्न नपाइने,बजरमै मालसमान एक अर्को गाडीमा पल्टी गर्न नपाइने भएको छ । सवारी साधनमा माल लोड गर्दा धेरै सवारी साधन एउटै पसलमा राखेर लोड गर्न नपाइने भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै सदमुकाम बाहिरबाट बजार क्षेत्रमा प्रबेश गर्नेसवारी साधनले बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झार्न नपाइने निर्णय भएको छ । बजार क्षेत्रको पुतली बजार क्षेत्रको शहिद चोकसम्म मोटरसाइकल लामोसमय समम पाकिङ्ग गरेर राख्न नपाइने निर्णय भएको छ । सडक छेउ, पेटीमा राखेर माल समान बिक्री गर्ने, निर्माण सामाग्री तोकिएको समयमै हटाउने गरि झार्ने र राख्ने निर्णय भएको छ । बजार क्षेत्रमा चाडपर्वको बेला अत्यधिक चाप वढ्ने र सवारी साधनले जाम समेत हुने भएकाले त्यसलाई मध्य नजर राखेर ट्राफिक व्यवस्थापन गर्न निर्णयहरु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक प्रबिन आचार्यले जानकारी दिनुभयो ।

SHARE