पाल्पामा बाख्रा चराउन गएका घर्तीको भीरबाट लडेर मृत्यु

0
434

भदौ ८,२०७७ पाल्पा : पाल्पाको रैनादेवी छहरामा बाख्रा चराउन गएका कमल घर्तीको भिरबाट लडी मृत्यु भएको छ ।

घर्तिको आइतवार करिब ४ बजेको समयमा जंगलमा बाख्रा चराउन गएको अबस्थामा भीरबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला रैनादेबि छहरा गाउँपालिका ६ खुनधारा बस्ने टोप बहादुर घर्तिको छोरा २६ बर्षको कमल घर्तिको घट्ना स्थलमा नै मृत्यु भएको हो ।
उनी मिर्गी सम्बन्धी औषधी सेवन गर्ने गरेको र भिरमा एक्कासी बेहोस भएर लडेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

SHARE