पाल्पाका थप तीन जनामा कोरोना पुष्टि

0
477

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ भदौ : पाल्पामा आइतवार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । रामपुुर नगरपालिकामा दुई पुरुष र तानसेन नगरपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

रामपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय पुरुष र वडा नं ९ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिए ।

उनका अनुसार २४ वर्षीय पुरुष भने १९ दिन अघि विदेशबाट फर्केर होम क्वारेन्टिनमा बसेका थिए भने अर्का ४५ वर्षीय शिक्षक कपिलवस्तु स्थायी घर भई रामपुरमा शिक्षण पेशा गर्दै आएका हुन् । उनी १२ दिन अघि घर गएर पुनः कार्यक्षेत्रमा फर्केका हुन् ।

यसैगरी तानसेन मदनपोखरामा घरमै बसेकी महिलामा कोरोनाको सङ्क्रमण भेटिएको हो । बिरामी भएर लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पुगेकी महिलामा लक्षण देखिएर स्वाव पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार पनि तानसेन नगरपालिका १२ का एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको संख्या हालसम्म पाँच सय ६८ पुगेको छ । जसमध्ये पाँच सय ६१ जना कोरोना जितेर घर फर्किएका छन्, भने एक जनाको मृत्यु भएको छ

SHARE