अर्घाखाँचीका स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि

0
508

भदौ ७, २०७७ अर्घाखाँची :  अर्घाखाँचीमा २ स्वास्थ्यकर्मीसहित थप १२ जनामा कोरोना पुष्टि भएको छ।

सन्धिखर्क नगरपालिकामा ६ जना, भूमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले जानकारी दिइन्। ती दुई स्वास्थ्यकर्मी क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा खटिएका थिए।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुको रिपार्ट पोजेटिभ आएको हो। स्वास्थकर्मीसहित आइतबार कोरोना पुष्टि भएका केही क्वारेन्टाइनमा बसेका र केही क्वारेन्टाइन बाहिर रहेकाहरु छन्।

SHARE