करेन्ट लागेर पाल्पामा एकको मृत्यु

0
693

भदौ ६,२०७७ पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ ।

जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले जानकारी दिए ।

उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । हावा हुरीका कारण विद्युत सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताए ।
घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

SHARE