
भदौ ४, २०७७ रुपन्देही : कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा ७० वर्षीयको ज्यान गएको छ। देवदह मेडिकल कलेजमा उपचाररत अवस्थामा बिहीबार ३ बजे उनको मृत्यु भएको थियो ।
बुधबार स्वाब परीक्षण गराउँदा संक्रमण भएको पुष्टि भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए। मृत्यु हुने देवदह नगरपालिका ३ सिसपुरका वृद्ध रहेका छन्।
उनमा लामो समयदेखि पक्षाघात, सुगर, उच्च रक्तचाप रहेको बन्जाडेले बताए।








