पीडित परिवारलाई सहयोग

0
363

सुशीला रेग्मी

भदौ ३,२०७७ पाल्पा : वर्षाले घर भत्किएर छिमेकीको घरमा आश्रय लिएर बस्दै आएकी रामपुर नगरपालिका ६ निवासी तिलिसरा सूर्यवंशीको परिवारलाई सहयोग रकम प्राप्त भएको छ ।

गत साउन ९ गते राती लगातारको वर्षाले तीन तले कच्ची घर भत्किएर सूर्यवंशी परिवारलाई बसोबासको समस्या परेपछि सहयोग रकम जुटेको छ । रामपुर नगरपालिकामा रहेका विभिन्न संघ संस्था, व्यक्तिबाट गरी समाचार तयार पार्दा सम्म रु ५३ हजार ३३० रकम सहयोग जुटेको छ ।

शहीद बहुमुखी क्याम्पस स्नातक तह तेस्रो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीबाट सङ्कलित रकम रु २० हजार ९८०, क्रियाशिल मगर उत्थान समाज रामपुर ७ बाट रु १० हजार ५० र भम्बक युनाइटेड युथ क्लव रामपुरले रु १३ हजार ३०० सय रकम सहयोग गरेको छ ।

साथै भम्बक युनाइटेड युथ क्लवले नयाँ घर निर्माणका लागि एक ट्याक्टर ईट्टा सहयोग गर्ने अध्यक्ष लक्ष्मण मल्लले जानकारी दिए । घर भत्किएपछि तिलसरा एक छोरी सहित छिमेकीको घरमा बस्दै आएकी छन् ।

घर भत्किएर बिस्थापित हुनुभएकी सूर्यवंशीलाई दैनिक गुजारा चलाउन र नयाँ घर निर्माणमा समस्या परेको छ । रामपुर नगरपालिकाले नयाँ घर निर्माणका लागि विपद् व्यवस्थापन राहत कोषबाट सहयोग गर्ने नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

SHARE