जोखिम अवस्थामा रहेको घर सेनाले भत्कायो

0
447

सुशीला रेग्मी

साउन ३२,२०७७ पाल्पा : वर्षाका कारण जोखिम बनेको एक घर नेपाली सेनाको टोलीले भत्काएको छ । तानसेन नगरपालिका वडा नं ६ बर्तुङ्ग स्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाद्धारा भत्काइएको हो ।

गोरखदल गण पाल्पाका सेनानी मनोज डंगोलको नेतृत्वमा वर्षाले घरको अगाडीको भाग भत्किएर जोखिममा रहेको घर पूर्ण रुपमा भत्काइएको छ । घरमा रहेका सामानहरु सुरक्षित साथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ ।

अगाडीको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै घरधनी र तानसेन नगरपालिकाको समन्वयमा घर भत्काइएको हो ।

SHARE