शिवसेना नेपालद्धारा रामपुरमा विरुवा रोपण

0
667

सुशीला रेग्मी

साउन ३१,२०७७ पाल्पा :शिवसेना नेपाल रामपुर पाल्पाले पिपल र तुलसीको विरुवा रोपण गरेको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाम गौशाला परिषरमा एक सय आठ पिपल र तुलसीको विरुवा रोप्ने काम भएको छ ।

शिवसेना नेपालमा आबद्ध व्यक्ति तथा स्थानीयवासी, समुदाय, सामाजिक व्यक्तिको सहभागीतामा विरुवा रोप्ने काम भएको शिवसेना नेपाल रामपुरका अभियान्ता रामचन्द्र भट्टराईले जानकारी दिए ।
वातावरणिय दृष्टिले पिपल र तुलसीका बोट राम्रो मानिने भएकाले धार्मिक नगरी तातोपानीधाम गौशालामा विरुवा रोप्ने काम भएको शिवसेना नेपाल रामपुरले जनाएको छ ।
एकादशी र साउनको अन्तिम शनिवार पारेर विरुवा रोपण गरिएको छ । विरुवा रोप्ने कार्यमा करिव ६० जनाको सहभागीता रहेको थियो । विरुवा रोपिसकेपछि बारबन्देजको व्यवस्थापनका लागि शिवसेना नेपालले सहयोग पनि गरेको छ । शिवसेना नेपाल रामपुरले हिन्दु धर्मको बचाऊ अभियानमा जुटेर धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

SHARE