रामपुरमा युवा स्वरोजगार कार्यक्रमको अनुगमन

0
560

सुशीला रेग्मी

साउन २६,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिकाबाट संचालित युवा स्वरोजगार कार्यक्रमको अनुगमन गरिएको छ ।

युवा स्वरोजगार कार्यक्रममा छनौटमा परी व्याज अनुदान लिएका कृषकले संचालन गरेका व्यवसायको नगरपालिकाको टोलीले अनुगमन गरेको हो । रामपुर नगरपालिका वडा नं ८ र १० मा संचालित पशुपालन, कुखुरापालन, मौरीपालन व्यवसायको आईतवार अनुगमन भएको छ ।

नगरपालिकाका कार्यवाहक प्रमुख तथा वडा नं ४ का अध्यक्ष एकबहादुर नेपालीको संयोजकत्वमा नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने, निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय, लेखा अधिकृत रेणुराम ज्ञवाली, पशु सेवा शाखा प्रमुख तुल्सीराम काफ्ले, रामपुर नगरपालिका १० का अध्यक्ष लिलबहादुर गाहा, वडा नं ८ का वडा सदस्य भगवान अधिकारी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायमा लागेका युवालाई युवा स्वरोजगार कार्यक्रममार्फत दुई वर्ष सम्म व्याज अनुदान कार्यक्रम संचालन गरेको छ । व्यवसायको धितो हेरीकन १२ लाख सम्म अनुदान दिने गरिएको छ । अनुगमनका क्रममा कार्यक्रममा सहभागी केही कृषकले मापदण्ड अनुसार व्यवसाय संचालन नगरेको पाइएपछि प्रक्रिया अनुसार संचालन गर्न सुझाव दिइएको निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।

आगामी कार्यक्रममा सहभागी हुन आवेदन दिएका कृषकको पनि घर घरमा पुगेर अनुगमन गरिएको र व्यवसाय गर्न ईच्छुक कृषकलाई नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेमा अनुदान सहयोग गर्ने नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले बताए ।
रामपुर नगरपालिका वडा नं १० हेक्लाङ्गमा शिव भण्डारीको भैसीफार्म, होस्दीका भुपराज बस्यालको मौरी व्यवसाय, यमबहादुर सारुको बंगुरपालन, रामपुर ८ स्थित भुजातमा सुनादेवी अधिकारीले संचालन गरेको अधिकारी पोल्टीफार्म लगायतका विभिन्न व्यवसायको अनुगमन गरिएको छ ।

रामपुर नगरपालिकाले गत आर्थिक वर्ष देखि नै कृषि तथा पशुपालन व्यवसायमा दुई वर्ष सम्म व्यवसाय गर्ने युवालाई युवा स्वरोजगार कार्यक्रममार्फत व्याज अनुदान कार्यक्रम सुरु गरेको छ ।

SHARE