गुल्मीमा बजार गर्न हिडेका क्षेत्रीलाई पहिरोले बगाएर मृत्यु

0
490

तिलाचन पाण्डे
साउन २३,२०७७ गुल्मी : गुल्मीमा बजार गर्न भनि घरबाट हिडेका ५५ बर्षिय बेगबहादुर क्षेत्रीलाई पहिरोले बगाएर मृत्यु भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ४ खोक्रोक बस्ने ५५ बर्षका बेगबहादुर क्षेत्रीलाई पहिरोले बगाएको पुर्तिघाट प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए ।
बुधबार बिहान घरबाट पुर्तिघाट बजारमा बजार गर्न भन्दै हिडेका क्षेत्री साँझसम्म घर नर्फिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा उनको शब घिसिङ खोला किनारमा फेला परेको खनालले जानकारी दिए । करिब १सय मिटर माथिबाट पहिरोले बगाएर ल्याई खोला किनारमा शब फेला परेको र उनको शबलाई पोष्टमार्टम गर्नका लागि रुरुप्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

SHARE