गुल्मीमा सामूहिक रक्षाबन्धन

0
565

साउन १९,२०७७ गुल्मी : गुल्मीमा बिश्व हिन्दु माहासंघ र दलित साझा मञ्च गुल्मीको आयोजनामा सामूहिक रक्षा बन्धन गरिएको छ ।
धर्माबलम्बीहरु बिच सामाजिक सदभाब , समानता र एकताको सन्देश दिनका लागि सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको बिश्व हिन्दु माहासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
समाजमा अझै पनि जातीय बिभेद कायमै रहेको र त्यसलाई अन्त्य गर्नका लागि पनि सामाुहिक रक्षा बन्धन गरिएको भुसालले दाबी गरे ।
यता सयौ बर्ष पहिलेदेखि जरो गाडेर बसेको जातीय बिभेद अन्य गर्नाका लागि सामूहिक रक्षा बन्धनले ठुलो भूमिका खेल्ने दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले जानकारी दिए । उनले पहिले पुरोहित अर्थात ब्राहमणहरुले दलितहरुलाई रक्षाबन्धन नबाधिदिने र जातिय बिभेद भइराखेको सन्र्दभमा केही मात्रामा भए पनि सुधार हुने र यो पर्याप्त नभएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले गुल्मीबाट राम्रो कामको सुरुवात भएको बताए । तम्घासको बालमन्दिरमा पण्डित भीमकान्त पन्थीले ८३ बर्षकी जानकी बिश्वकर्मा र ८० बर्षका सुर्यबहादुर नेपालीलाई रक्षा बन्धन बाँधि सामूहिक रक्षा बन्धनको सुरुवात गरिएको हो ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरु , प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायत सुरक्षा निकायका पमुखहरु संगै स्थानीयहरुको उपस्थिती रहेको थियो ।

SHARE