नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन

0
1004

सुशीला रेग्मी

साउन १८,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिका वडा नं १० को रामटारमा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन तथा मूर्ति प्रतिस्थापन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको सहयोगमा नयाँ निर्माण भएको मन्दिरको उद्घाटन नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले गरेकी हुन् ।

मन्दिर उद्घाटन गर्दै उपप्रमुख आचार्यले विभिन्न समुदायको आ आफ्नै धर्म संस्कृतीहरु छन् यिनिहरुको संरक्षण र जगेर्ना गरी धार्मिक सहिष्णुता समाजमा कायम राख्नुपर्ने बताइन् ।
रामपुर नगरपालिकाको चार लाख, मन्दिरमा २०७४ सालमा आयोजना गरिएको महायज्ञमा संकलित रकम दुई लाख ६० हजार सहयोगमा मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिए । मन्दिर उद्घाटन कार्यक्रमका अवसरमा बास्तुपुजा, रुद्रीपुजा, भजनकृतन गरी मनाइएको एकराज पाठकले जानकारी दिए ।

SHARE