नेपाली सेनाद्धारा रामपुरमा बृक्षारोपण

0
884

सुशीला रेग्मी

साउन १५,२०७७ पाल्पा : गोरखदल गण रामपुर सुरक्षा बेस क्याम्पले बिहीवार रामपुर नगरपालिका ४ स्थित रानीवन तथा बडवान सामुदायिक वनको लखन थापा पार्क परिषरमा वृक्षारोपण गरेको छ ।

नेपाली सेनाको वार्षिक वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै सामुदायिक वन तथा रामपुर नगरपालिका संग समन्वय गरी वृक्षारोपण गरिएको हो । लखन थापा पार्क खोप्टारमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरिन् ।
उनले विरुवा रोपिसकेपछि हुर्काउनुपर्ने दायित्व स्थानीयको रहेको बताउँदै नेपाली सेनाले गरेको सहयोग प्रति धन्यवाद दिइन् । उपप्रमुख आचार्यले खाली जमिनमा वृक्षारोपण गरेर ढाक्न सकियो भने बाढी पहिरो भुक्षय जस्ता प्राकृति प्रकोप कम गर्न सकिने बताइन् ।

नगरपालिकाका उपप्रमुख आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, ईलाका वन कार्यालय रामपुरका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतले सामुहिक रुपमा विरुवा रोपण गरेका हुन् ।

गोरखदल गण सुरक्षा बेस क्याम्पका गुल्मपति हरी तिवारीले वृक्षारोपणका सन्दर्भमा जानकारी दिदै विरुवा रोपिसकेपछि हुर्काउने कार्यमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

सब डिभिजन वन कार्यालयको नर्सरीमा रहेको विभिन्न जातका चार सय २० वटा विरुवा रोपण गरिएको गुल्मपति तिवारीले जानकारी दिए । पार्क परिषरमा चिउरी, गोल्डमोर, बेल, इपिलिपि, स्टिम, मसला, म्यान्गो स्टिम, बकाइनो, निम जातका विरुवा नेपाली सेनाका ४० जना जवानले विरुवा रोपणमा सहयोग गरेका छन् ।
टोल संयोजक थमन मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार सीता डोटेलले गरेकी हुन् ।

SHARE