
सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ साउन : पाल्पामा मास्क नलगाई घरबाट बाहिर निस्केकालाई प्रहरीले कारबाही गरेको छ । बन्दाबन्दीको अवज्ञा गरी मास्क बिना घर बाहिर जथाभावी हिडेका ४३ नागरिकलाई प्रहरीले कारबाही गरेको हो ।
सङ्क्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको बन्दाबन्दीको अवज्ञा गरी माक्स नलगाई हिडेका ३४ पुरुष र नौ महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले कारबाही गरेको छ । उनीहरुबाट रु एक सय जरिवाना लिई छाडेको छ ।

यसअघि पनि प्रहरीले मास्क बिना आवतजावत गर्ने ५७ जना नागरिकलाई कारबाही गरेको थियो । जिल्लामा बन्दाबन्दी खुकुलो भएसंगै बजार क्षेत्रमा नागरिकको आवतजावत बढ्दै गएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले मास्क, स्यानीटाइजर जस्ता स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरी सर्तक रहन जिल्ला प्रशासन कार्यालय पाल्पाले सबैमा अनुरोध गरेको छ ।








